Logo

अर्थ

नेप्सेमा ९ अंककाे वृद्धि, १४५ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१ को विन्दुमा कायम भएको छ ।

आज १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब ३८ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको ३१ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १५:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।