Logo

अर्थ

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड



काठमाडाैं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजनाको इकाई असार १७ गतेका दिन बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनाको ४ करोड इकाइको बिक्री आवेदन गत जेठ २३ गतेदेखि असार ६ गतेसम्म खुला गरिएको थियो

। यो योजनाको प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखि प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाई बिक्री खुला गरिएको थियो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १०:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।