Logo

अर्थ

सेयर बजारमा ३४ अंकको वृद्धि, ९ अर्ब ७४ करोडकाे कारोबार



काठमाडौं । आज पनि सेयर बजार बढेको छ । नेप्से पसिूचक ३४.४२ अंकले बढेर २६९४ को विन्दुमा कायम भएको छ ।

आज १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्य घटेको छ ।

आज ९ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३.७३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १५:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।