काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । सुनकाे मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।
तीन दिनमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १४५ रुपैयाँ रहेको चाँदी आज २ हजार १७० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया