काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३ को विन्दुमा कायम भएको छ ।
आज १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ६४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया