काठमाडौं । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रूपमा आफूलाई स्थापित गरेको छ ।
यस बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
बैंकले ४१औँ बार्षिकोत्सवको अवसरमा नबिल ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । महिलाहरूलाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि उक्त योजना ल्याइएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत महिला आवेदकले घर खरिद गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत महिलालाई न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जा ५ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउने बैंकले जनाएकाे छ ।
‘स्मार्ट नारी घर कर्जा’ योजनामा ग्राहकले जीवनभर निःशुल्क क्रेडिट कार्ड लिइ २ लाख रुपैयाँसम्मको सुविधा लिन पाउनेछन् । यस योजनालाई देशभरका सम्पूर्ण शाखामार्फत् कार्यान्वयन गर्ने बैंकले जनाएको छ ।




















प्रतिक्रिया