Logo

अर्थ

गुराँस लघुवित्तको नाफामा ८९.९६ प्रतिशत वृद्धि, प्रतिशेयर आम्दानी कति?



काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी १५.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.१६ प्रतिशत र सञ्चालन मुनाफा ८७.८५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १८ पैसा बढेर ३४ रुपैयाँ १७ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा रहेको छ ।

११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी तथा ४५ करोड ५५ लाख रुपैयाँ निक्षेपबाट कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ११:२७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।