Logo

प्रमुख समाचार

विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ



काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएकी २९ वर्षीया जुनु थापा मगर र बर्दियाको गुलरिया नगरपालिका–२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव छन् ।

आरोपीहरूलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

थापा मगरले स्लोभाकिया पठाउँछु भनेर ३ लाख र यादवले सर्बिया पठाउँछु भनेर १८ लाख ५० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार २०:१५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।