काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले यस्तो धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार, पार्टी केन्द्रीय सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा सहमति जनाएका छन् ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका गरेका थिए ।
त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूले बोलेका थिए ।
पार्टीको केन्द्रीय सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेको सबै विषयहरूमा केन्द्रीय सदस्यहरूले सहमति जनाएर आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित केही सुझाव पेस गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई गम्भीरताका साथ लिइएको छ ।




















प्रतिक्रिया