काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बीपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् ।
बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो धारणा राखेका हुन् ।
सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रको पक्षमा बीपी कोइराला उभिएको स्मरण गरे । ‘वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बीपीको सन्देश आजपनि उत्तिकै सान्दर्भिक छ,’ सभापति देउवाले भने ।
बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा गुज्रिएको स्मरण गर्दै सभापति देउवाले भने, ‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हो ।’
उनले बीपीको सिद्धान्त र स्थापित मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको समेत बताए । ‘राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ,’ देउवाले भने, ‘बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रियो । उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’




















प्रतिक्रिया