Logo

अर्थ

कर्मचारी सरुवाकाे मापदण्ड परिमार्जन गर्न मन्त्रीको निर्देशन



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्न र गुनासो सुनुवाइ संयन्त्र निर्माण गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएकी छन् ।

मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवासम्बन्धी कामलाई निश्पक्ष, पारदर्शी तथा बस्तुगत बनाउनका लागि मापदण्डलाई समयानुकूल परिमार्जन गरि राय सुझाव पेस गर्न निर्देशन दिएकी हुन् ।

उक्त मापदण्ड परिमार्जनपश्चात मात्र कर्मचारीहरूको सरुवासम्बन्धी काम हुने उनको भनाइ छ । कर्मचारी सरुवालाई पूर्वअनुमानयोग्य बनाउन पनि उनको निर्देशन छ ।

आफ्नो सचिवालयअन्तर्गत रहने गरी राख्न लागिएको गुनासो सुनुवाइ संयन्त्रमा देशभरका कर्मचारीले गुनासा राख्न सक्ने व्यवस्था मिलाइने मन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १२:०६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।