Logo

अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबिब हेयर एण्ड ब्युटी सैलुनमा छुट



काठमाडौं । सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो पहलबाट ग्राहकहरूलाई नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ । साथै, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै ग्राहकलाई सुविधाजनक सेवा प्रदान गर्नु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १३:४१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।