Logo

अर्थ

सिजर्नी पावर डेभलपमेन्टले जलविद्युत आयोजनामा २५ करोड लगानी गर्ने



काठमाडाैं । सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले मध्य होङगु खोला ‘ए’ र मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको १६४औं बैठकले लगानीसम्बन्धी निर्णय गरेको हो ।

कम्पनीले मध्य होङगु खोला ‘ए’ को ११ लाख कित्ता सेयरमा ११ करोड र मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजनाको १४ लाख कित्तामा १४ करोड रुपैयाँ लगानी गर्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार ११:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।