Logo

अर्थ

तोलामा २१ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य रेकर्ड नजिक पुगेको छ । बुधबार सुनकाे मूल्य प्रतितोला २१ सय रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनकाे मूल्य १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । प्रतितोला ३० रुपैयाँ बढेर २३५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार ११:३४   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।