काठमाडौं । आज शेयर बजार बढेको छ । शेयर बजार नेप्से परिसूचक ५.१४ अंकले बढेर २९७८.८८ को विन्दुमा बन्द भएको छ ।
आज ३१९ कम्पनीको शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको हो । ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको ६२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको ६२ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनी र सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.३२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया