Logo

अर्थ

अब जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्रै आईपीओ निष्कासन अनुमति पाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत क्षेत्रका कम्पनीहरूले उत्पादन सुरु गरेपछि मात्रै प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न पाउने नयाँ नीति ल्याउने तयारी गरेको छ ।

आर्थिक वर्ष २०८२/८३का लागि सार्वजनिक गरिएको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा यस व्यवस्था समावेश गरिएको छ । यसअघिदेखि आईपीओ अनुमति विवादका कारण जलविद्युत आयोजनाको काम प्रभावित भइरहेको छ ।

बोर्डले धितोपत्र कारोबारमा धितोपत्र व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध गराउने व्यवस्था गर्नेछ । साथै, प्रिमियम र बुक बिल्डिङ प्रक्रिया अपनाएर सेयर निष्कासनमा पारदर्शिता सुनिश्चित गरिने छ ।

सरकारी संस्थानहरूले ऋण लगानी गर्ने सट्टा ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्ने नयाँ व्यवस्था पनि लागू गरिनेछ । साथै, सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था गरिने छ ।

यो नयाँ नीति लागू भएपछि जलविद्युत कम्पनीहरूको लगानी र सेयर बजारमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार ११:२४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।