Logo

प्रमुख समाचार

५९औं दिन पनि संसद् अवरोध, रास्वपा–राप्रपाको निरन्तर बहिष्कार



काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोध ५९ औं दिनमा पुगेको छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै दुवै दल संसद् बैठक बहिष्कार गरिरहेका छन् ।

आजको बैठकमा पनि सांसदहरूले आफ्ना कुरा राखेपछि बैठकबाट बाहिरिएका छन् । रास्वपाकी सांसद तोसिमा कार्कीले सरकारले दमनकारी शैली अपनाएको आरोप लगाउँदै संसद जनताको हो कि सरकारको कठपुतली भन्ने प्रश्न उठाइन् ।

राप्रपाका सांसद दिपक सिंहले भ्रष्टाचार र भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याए । छानबिन नभए सडकबाट दबाब दिने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १३:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।