Logo

अर्थ

कर्णाली विकास बैङ्क घोटालामा १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस



काठमाडौं । कर्णाली विकास बैङ्क घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीले अनुसन्धान प्रतिवेदन बाँके जिल्ला अदालतको सरकारी वकिल कार्यालयमा बुझाएको छ । केही दिनअघि मात्रै अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

जसको आधारमा बाँके जिल्ला अदालतमा मुद्दा दर्ता हुनेछ । सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरिसकेको छैन । अहिले अनुसन्धान प्रतिवेदन अध्ययनकै क्रममा रहेको छ । सीआईबीले चारजनालाई पक्राउ गरेको छ ।

जसमा राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पनि छन् । उनको खातामा बैङ्कबाट १० लाख ट्रान्सफर भएको भेटिएपछि पक्राउ गरिएको हो ।

अनुसन्धानमा बैङ्कको सवा तीन अर्ब घोटाला भएको र नक्कली ब्यालेन्स सर्टिफिकेट बनाएर अपचलन लुकाइएको खुलासा भएको छ । प्रमुख सेयरहोल्डर राजेन्द्रवीर राय, तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलगायतलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

बैङ्कको कोर बैंकिङ प्रणाली र खातामा ठूलो अन्तर देखिएको छ । जसमा राष्ट्र बैङ्कको अनुगमन टोलीले समेत गलत प्रतिवेदन दिएको सीआईबीको दाबी छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १९:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।