Logo

अर्थ

उपदान र पेन्सन कोषको १ अर्ब मुद्दती निक्षेपमा लगानी गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान र पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सो रकम मुद्दती निक्षेपका रूपमा लिनका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

केन्द्रीय बैंकले उक्त १ अर्बमध्ये वाणिज्य बैंकमा ८० करोड, राष्ट्रियस्तरको विकास बैंकमा १५ करोड र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा ५ करोड निक्षेप राख्ने छ । यसरी राखिएको निक्षेपको ब्याजदर भने त्रैमासिक भुक्तानी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले यही साउन १६ गते (बुधवार) दिउँसो १ः३० बजेसम्म आफ्नो ब्याजदरसहितको आवेदन पेश गर्नुपर्नेछ । मुद्दती निक्षेप २०८२ साउन १८ गतेदेखि २०८३ साउन १८ गतेसम्म ३६६ दिनका लागि रहनेछ ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १३:२२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।