काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक २.०७ अंकले बढेर २९६२ को विन्दुमा कायम भएको छ ।
आज ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ कम्पनीको मूल्य घटेको छ ।
आज १९ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको ९२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७६ करोड ९९लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.४९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया