Logo

प्रमुख समाचार

नाउपा अध्यक्षबाट रञ्जितालाई हटाएको जानकारी निर्वाचन आयोगमा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । पार्टीका अनुसार श्रेष्ठले पार्टी विधान विपरीत ढंगले पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका कारण उनीमाथि अनुशासनको कारबाही गरिएको हो ।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्राचार गरेको थियो । तर, उनले तोकिएको समयमा कुनै प्रतिक्रिया नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले जनाएको छ ।

उक्त निर्णयको जानकारी निर्वाचन आयोगमा मंगलबार दर्ता गराइएको छ । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १३:३५   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।