पोखरा । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले दलको पाँचौ महाधिवेशन केन्द्रित भई तयारीमा जुट्न गण्डकीका तरुण जिल्ला अध्यक्षलाई निर्देशन दिएका छन् । अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा रहेका ११ वटा जिल्लाका नेपाल तरुण दल अध्यक्षलाई निर्देशन दिएका हुन् ।
उनले आसन्न दलको पाँचौ महाधिवेशन केन्द्रित रहेर जिल्ला अधिवेशनकोबारे पोखरामा जिल्ला अध्यक्षहरुसँगको छलफल गरेका थिए ।
अधिवेशन प्रक्रिया द्रुत गतिमा सुचारु गर्न जिल्ला अध्यक्षहरुलाई उनले निर्देशन दिए । ‘मंसिर २६ गते तरुण दलको पाँचौ महाधिवेशन गर्ने तय भएको हुँदा जिल्ला अन्तगर्तको वडा, गाउँ र पालिका, प्रदेश क्षेत्रको अधिवेशन तयारीमा जुट्न गण्डकी प्रदेशको ११ ओटै जिल्ला अध्यक्षहरुलाई भनेको छौं,’ उनले भने ।




















प्रतिक्रिया