Logo

प्रमुख समाचार

नाउपा संसदीय दलको नेता गंगारामलाई रञ्जिताले सोधिन् स्पष्टीकरण



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न माग गरेकी छन् ।

पार्टीको केन्द्रीय कार्यालयको लेटरहेड प्रयोग गरी जारी पत्रमार्फत श्रेष्ठले आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय नपाएका बेला संसदीय दलका नेता चौधरीले विधानविपरीत गतिविधि गरेको आरोप लगाएकी छन् ।

आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।

पार्टीको आन्तरिक विधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोगसमक्ष पेश गरिएका दस्तावेजअनुसार चौधरीले एकल निर्णयबाट गर्न नपाउने भन्दै श्रेष्ठले चौधरीसँग लिखित जवाफ माग गरेकी छन् । २४ घण्टाभित्र लिखित स्पष्टीकरण नआएमा पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने श्रेष्ठले चेतावनी दिएकी छन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १६:४९   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।