Logo

प्रमुख समाचार

म अझै जीवित छु, फेरि एकपटक क्रान्ति गर्छु : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रविरुद्ध एकताबद्ध प्रतिरोधको आह्वान गरे।

आफू जनयुद्ध हुँदै शान्ति प्रक्रिया, संविधान सभा र अहिले पनि जिवित रहनु परेको कारण अर्काे क्रान्ति गर्न भएको उनको भनाइ छ ।

‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिरोध गर्ने कोसिस गरेकाछौं । हाम्रो वर्गसँगै जोडिने फेरि बल गर्दैछौं’, केही भावुक हुँदै प्रचण्डले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जिवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’

प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा नमनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै अदालतमा यसको व्याख्या खोज्नुपर्ने विषय नभएको स्पष्ट पारे। ‘जनयुद्ध राष्ट्रको गौरव हो, यसलाई राष्ट्रिय दिवसको रूपमा आत्मसाथ गर्नुपर्छ,’ उनले भने।

प्रचण्डको यो अभिव्यक्ति अहिलेको राजनीतिक अस्थिरता र माओवादी आन्दोलनको आगामी दिशा निर्धारणमा सन्देशमूलक मानिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार ११:१०   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।