Logo

प्रमुख समाचार

७७ जना सशस्त्र अधिकृतको बढुवा सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ ।

रिक्त पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा एक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरू रहेका छन् ।

उपरीक्षकमा बढुवा सिफारिस भएकाहरू तेस्रो ब्याच, सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याचबाट जेष्ठता, व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्यांकनलाई समेत आधार मानेर गरिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरू नवौँ ब्याचका रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार ०७:१५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।