Logo

अर्थ

नाइमाद्वारा आयोजित अटो शो आजदेखि भृकुटीमण्डपमा सुरू (तस्बिरहरु)



काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स (नाइमा)को प्रदर्शनीमा आज बुधबारदेखि भृकुटीमण्डमा शुरु भएको छ ।

अर्थमन्त्री विष्ण्प्रसाद पौडेलले उद्घाटन गरेको यो प्रदर्शनी पारिवारिक प्रदर्शनी हुने बताइएपनि प्रवेशद्वार कट्ने बित्तिकै भड्किलो पहिरनमा सवारीसँगै टाँसिएर बसेका युवतीहरुका कारण भने केही असहज पाइएको छ । युवतीहरुको पहिरन हेर्दा लाग्छ, अटो शो होइन कि युरोपको कुनै क्लबमा छिरिएको हो ।

गाडी खरिद गर्न पुगेका एक अधबैंशे जोडीले गाडी खरिद गर्ने हिसाबले आएको मानिसलाई गाडीसँग मात्र मतलव हुने भन्दै अटो शोमा युवतीलाई अर्धनग्न बनाएर राख्ने प्रवृत्ति रोकिनुपर्ने बताउँदै थिए । उनीहरु मिडियाकर्मीसँग प्रश्न गर्दै थिए,’कस्तो हेर्न असहज हुने बनाइयो, यो अटो शो कि युवती शो ?’

नाइमा अटो शो साउन २१ गतेदेखि २५ सम्म पाँच दिन चल्ने छ । अटो व्यापारीहरुको पुरानो संस्था नाडाबाट अलग्गिएर करिब ३ महिनाअघि नाइमा बनेको हो ।

नाइमाले यो शो हालसम्मकै उत्कृष्ट शो हुने दाबी गरेको छ ।

तस्बिरहरु :

 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १७:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।