Logo

प्रमुख समाचार

रविलाई पत्रिका पढ्न पनि दिँदो रहेनछ, पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो : डा भट्टराई



काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटेका छन् ।

बिहीबार भैरहवा जेलमा रहेका लामिछानेसँग भेटवार्ता गर्दै भट्टराईले जमानतमा बाहिरै राखेर मुद्दा लड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

‘रविमाथि फैसला भइसकेको छैन । अहिले न्यायिक हिरासतमा रहनुभएको हो । अदालतले नै व्याख्या गरिसकेको हुनाले म व्याख्या गर्न चाहन्न । तैपनि कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो’, उनले भने, ‘तर एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदै भनेर जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो मान्यता हो । त्यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।’

लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताए । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईले बताए । ‘पत्रपत्रिकाहरु ल्याएर हेर्न पनि दिइँदो रहेनछ। त्यो त हामी पन्चायतको पालामा पनि पढ्ने गर्थ्यौं। कमसेकम सुचनाबाट बन्चित गर्नू हुँदैन थियो।’

जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर रविलाई भेट्न आएको भट्टराईले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १४:४५   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।