Logo

प्रमुख समाचार

खैरो हेरोइनसहित दुई जना पक्राउ



काठमाडौँ । काठमाडौँको बानेश्वरबाट सशस्त्र प्रहरीले दुई जना युवालाई खैरो हेरोइन सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–५ घर भएका ३१ वर्षीय डिल्ली बहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–२ घर भएका ३० वर्षीय शैलेस थापा मगर छन् ।

सोमबार उनीहरूलाई काठमाडौँ–३१ बानेश्वर स्थित बासुकी मार्गबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले रातोपाटीलाई बताए । आरोपीहरूको साथबाट सशस्त्रको टोलीले ३०.१५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

उनीहरूको साथबाट सशस्त्रले लागुऔषध जोख्न प्रयोग गरिने तराजु पनि बरामद गरेको छ । उनीहरूलाई कानुनी कारबाहीका लागी स्थानीय प्रहरीकहाँ बुझाइने डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार २०:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।