Logo

प्रमुख समाचार

सशस्त्र प्रहरी जवान घुससहित अख्तियारकाे नियन्त्रणमा



काठमाडाैँ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा साेमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार २१:२१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।