Logo

प्रमुख समाचार

झापाको सार्वजनिक जग्गा हडप्ने माओवादी नेता गगन पुरीसहित ९ जना दोषी ठहर



काठमाडौं । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी हडपेको मुद्दामा विशेष अदालतले माओवादी केन्द्रका नेता रेवतराज पुरी (गगन पुरी) सहित ९ जनालाई भ्रष्टाचारको दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो ।

यसअघि विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १९:२२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।