प्रहरी वृत्त बालाजुले अटोमेटिक पेस्तोलसहित टोखा नगरपालिका– ९ बाट एकजनालाई पक्राउ गरेको छ। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– १६ चमती बस्ने २९ वर्षीय शिवराज दराइलाई प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार दराइको चमतीस्थित डेरामा शंका लागि खानतलासी गर्दा एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन, सात थान ७.६५ एमएमको गोली बरामद भएपछि खोजतलासी गर्दा दराइ टोखाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका दराइलाई हातहतियार खरखजानासम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ असोज १८ गते अभद्र मुद्दा र २०८० कार्तिक १९ गते लागुऔषध मुद्दासमेत चलेको देखिएको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया