Logo

प्रमुख समाचार

काठमाडौँमा एकै दिन दुई महिला मृत भेटियो



काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रबार दुई जना महिलाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।

महानगरपालिका–१४ बल्खुस्थित बालुवा डिपो नजिक अन्दाजी ४५ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

सोही दिन महानगरपालिका–२६ गोंगबु मित्रनगर बबालिचोकमा रहेको कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा पनि अन्दाजी २६ वर्षीया एक युवती मृत फेला परेकी छन्।

यस्तै, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१४ खजुरेटोलस्थित सामाजिक भवनको बरन्डामा अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन्। तीनवटै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार ०७:०३   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।