काठमाडौं । पर्यटन मन्त्रालय अन्र्तगतको पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सीडीई) सचिन्द्र कुमार यादवले करोडौ भ्रष्टचार गर्दा मन्त्रालय बेखबर देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय लगाएर अनुसन्धान गर्दा मात्रै उनले भ्रष्टचार गरेको खुलेको थियो ।
उनी विरुद्ध यतिबेला भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीडीई यादवउपर बिगो ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा आयोगले अनुसन्धान गरेको जनाएको छ ।



















प्रतिक्रिया