Logo

प्रमुख समाचार

पूर्वपत्नीलाई निर्घात कुटपिट गर्ने प्रहरी इन्सपेक्टर पक्राउ



काठमाडौँ । पूर्वपत्नीलाई निर्घात कुटपिट गरेको गरेको आरोपमा एक इन्सपेक्टर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इन्सपेक्टर दिनेश गुरुङलाई पक्राउ गरेर अनुसन्धानका लागि ५ दिनको म्याद पाएको छ ।

ललितपुर जिल्ला अदालतले मंगलबार गुरुङमाथि जबरजस्ती करणी र ज्यान मार्ने उद्योग अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपीले जानकारी दिए ।

उनले हात्तीवनमा रहेको डेरामा गएर पूर्वपत्नी शुभद्रा दाहालमाथि निर्घात कुटपिट गरेको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत गुरुङले केही समयअघि दाहालसँग सम्बन्ध विच्छेद गरेका थिए । तर आफ्ना बच्चाहरूसँग बस्दै आएकी दाहालमाथि गुरुङले शुक्रबार साँझ मरणासन्न हुने गरी गरी कुटपिट गरेको प्रहरीको भनाइ छ ।

त्यसपछि दाहालले आफूमाथि कुटपिट भएको भन्दै फेसबुकमा फोटो राखेर सहयोगको याचना गरेकी थिइन् । उनले कुटपिटबाट आफू रगताम्मे भएको फोटो समेत सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १९:४७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।