काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् । पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं मध्यबानेश्वरस्थित थापागाउँमा घर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरेकी छन् । बिहीबार दिउँसो २ बजे कार्यालय उद्घाटनको कार्यतालिका रहेको छ ।
उक्त घर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय रहने गरी भाडामा लिएको भण्डारीनिकट नेताहरूले जानकारी दिएका छन् । हीरक जन्मजयन्तीको मूल व्यवस्थापन समितिमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल संयोजक छन् ।





















प्रतिक्रिया