Logo

प्रमुख समाचार

नक्कली हतियार बेच्ने एकजना पक्राउ



काठमाडौं । सक्कलीजस्तै देखिने नक्कली हतियार बेचेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का सुरज मगर छन् ।

बिहीबार मध्याह्न साढे १२ बजे सुन्धारास्थित सिभिल महलको पाँचौँ तलामा सक्कलीजस्तै देखिने नक्कली हतियार बिक्री गरिरहेको सूचनाका आधारमा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

‘द टोय स्टोर’मा खानतलासी गर्दा मगरले प्रहरी टोलीमाथि अभद्र व्यवाहारसमेत गरेको प्रहरीले बताएको छ । उक्त पसलबाट प्रहरीले सक्कलीजस्तै देखिने ६ थान नक्कली हतियार बरामद गरेको छ ।

मगरलाई अभद्र व्यवहार कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार ०८:०१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।