Logo

प्रमुख समाचार

विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला



काठमाडौं । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौ महानगरपालिका-२० काष्ठमण्डपस्थित मन्दिरको पेटीमा अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिका-३ बयलबोट बस्ने ४२ वर्षीय नवराज घर्ती पनि सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी तनहुँको आबुँखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ३५ बर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ०८:२५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।