काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएपछि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुने भएको छ । संघीय संसद् सचिवालयले आज (आइतबार) साँझसम्म कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको सचिवालयले जनाएको छ ।
साउन २८ गते सभापति लक्ष्मण खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको पद भदौ ११ गतेभित्र पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सभामुख देवराज घिमिरेले शुक्रबार प्रमुख सचेतकहरू र गृहमन्त्रीसँग छलफल गरी कार्यतालिका आज सार्वजनिक गरिने जानकारी गराएका थिए ।




















प्रतिक्रिया