काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँकाे भृकुटीमण्डपमा भदौ ३ गतेदेखि सुरु भएको ‘नाडा अटो शो २०२५’ आज आइतबार अन्त्य हुँदैछ ।
शो अवधिभर अटोप्रेमीहरू र सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ । नयाँ–पुराना सवारी साधन, विद्युतीय गाडी, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र अटो फाइनान्स सेवासहित विभिन्न ब्रान्डहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राखेका थिए ।
शोमा चारपांग्रे, दुई पांग्रे सावरी, टायर र ब्याट्रीसहित विभिन्न बैंक तथा वित्तीय संस्था, बिमालगायतबारे जानकारी र सुविधा एउटै छानामुनि उपलब्ध छ । प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मले नाडा अटो शोको अवलकोकन गरेका थिए ।
तस्बिरहरु:




















प्रतिक्रिया