काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले आगामी मंसिरमा हुने पार्टीको महाधिवेशनलाई कुनै पनि तरिकाले प्रभावित नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै राणाले महाधिवेशन निष्पक्ष र सबै पक्षलाई समान अवसर दिनुपर्ने बताएका छन्। उनले एकलौटी निर्णय र कार्यकर्तालाई पदमुक्त गर्ने कार्यले पार्टीभित्र चिन्ता उत्पन्न भएको बताए ।
‘महाधिवेशनको मुखमा एकलौटी रुपमा केही कार्यकर्तालाई हटाइयो र स्पष्टीकरण मागियो, जसले देशभरका कार्यकर्तालाई चिन्तित बनाएको छ,’ उनले भने ।
राणाले पार्टीको विधान विपरित एकतर्फी निर्णय गर्ने कार्यले समस्या बढाएको पनि बताए । उनले स्पष्ट पारे, ‘कुनै हालतमा हामी राप्रपा फुट्न दिँदैनौं । हामीले धेरै वर्ष लगाएर पार्टीलाई एक ठाउँमा ल्याएका छौं।’




















प्रतिक्रिया