Logo

प्रमुख समाचार

इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध आन्दोलनको घोषणा



इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा. दीपेश केसीले जानकारी दिए।

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य पार्नेहरूलाई जनताले चाँडै लखेट्ने गरी कडा आन्दोलन हुने संयोजक डा. केसीले चेतावनी दिए।

देशको लिपि नामेट पार्न खोज्ने नेतालाई जनताले देशबाटै लखेट्ने उनले ठोकुवा गरे। उनले भने, ‘अर्बौँ कमिशनको लोभमा विदेशीलाई नेपाली जनता चुसेर पैसा पनि दिलाउने, देवनागरी लिपि पनि मेटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्छ।’ उनले सत्ताको दुरुपयोग गरी आमनेपाली नागरिकलाई मातृभाषा मेटाउने ग्रान्ड डिजाइनविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिकार गर्न आह्वान गरे।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार २०:३३   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।