काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरीले सुनजस्तो देखिने एक किलो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डोका ३३ वर्षीय लाक्पा शेर्पालाई गोँगबुस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त पहेँलो धातु परीक्षण गर्दा सक्कली सुन नभएको पुष्टि भएको जनाएको छ।
अनुसन्धानबाट उनले सुनजस्तो देखाएर विभिन्न व्यक्तिलाई झुक्याउँदै ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शेर्पालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।



















प्रतिक्रिया