Logo

प्रमुख समाचार

मनाङ प्रदेशसभा २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने



काठमाडाैं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेशसभा २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने बताएको छ ।

यसअघि सर्वोच्च अदालतले मनाङ प्रदेशसभा २ मा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो । सोही कारण आयोगले रुपन्देही– ३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण मिति तोकेको थिएन ।

सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेशसभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १७:०५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।