Logo

प्रमुख समाचार

कांग्रेस-एमालेलाई ढकालले भने- ०८४ पछि तपाईंहरूले बोल्ने पनि ठाउँ पाउनुहुन्न



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले अन्य दलले रास्वपामाथि आक्रमण गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद ढकालले रास्वपाका विषयमा अरू दलले ‘डिपफेक’ भिडियो बनाएर आक्रमण गरिरहेको बताए ।

सांसद ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन् ।

‘हामी संस्कारमा सम्भावना खोजिरहेका छौँ, हामीले ९५ दिनदेखि भिजिट भिसाको विषय उठाइरहेका छौँ,’ ढकालले भने, ‘हामीले बोलेको दुई मिनेटका लागि सत्तापक्षले प्रतिवादमा घण्टौँ खर्चिरहेको छ ।’

उनले विरोधका आवाजलाई दमन गरेर लोकतन्त्र बलियो नहुने बताए । ‘दलीयकरणले देश थिलथिलो भएको छ । दलीयकरणले जसरी अख्तियारलाई सेपमा राखिएको छ, त्यो २०८४ पछि जुरुक्कै उठ्छ । २०८४ पछि संवैधानिक नियुक्तिहरू खारेज हुन्छन् । हरेक नेपाली बोल्छ, देश बोल्छ, विदेशमा रहेका नेपाली बोल्छन्, देश जुरुक्कै उठ्छ’, ढकालले भने, ‘त्यसबेला तपाईंहरू पनि बोल्न पाउनुहुनेछैन ।’

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १३:५०   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।