Logo

प्रमुख समाचार

४३ दिनपछि अघि बढ्दै संवैधानिक परिषद् विधेयक



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको ४३ दिनपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक आज पुनः प्रतिनिधि सभामा अघि बढ्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्ने संसद् बैठकमा राष्ट्रपति सन्देशसहित फिर्ता भएको विधेयकमाथि पुनर्विचार प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

राष्ट्रपति कार्यालयका अनुसार विधेयक संविधानको मर्म, भावना र लोकतान्त्रिक मूल्य विपरीत रहेको भन्दै चासो व्यक्त गरिएको थियो ।

विधेयक १२ फागुन २०७९ मा दर्ता भई दुवै सदन पारित भइसकेको थियो । अब पुनर्विचारपछि संसद्ले फेरि पारित गरेमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १०:१२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।