Logo

प्रमुख समाचार

प्रतिनिधि सभाबाट आज संवैधानिक परिषद् विधेयक अगाडि नबढ्ने



काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक अगाडि नबढ्ने भएको छ । कार्यसूचीमा राखिए पनि प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिपछि विधेयक हटाउने निर्णय भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले साउन ८ गते पुनर्विचारका लागि फिर्ता पठाएको विधेयकका सन्देश कसरी सम्बोधन गर्ने भन्ने विषयमा दुई दलबीच छलफल जारी छ। कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले आज विधेयक अघि नबढ्ने जानकारी दिएका छन् ।

दुवै सदनबाट पारित भइसकेको विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि गएको थियो। तर, राष्ट्रपतिले संविधानको मर्म र लोकतान्त्रिक मूल्य विपरीत रहेको भन्दै फिर्ता गरेका थिए ।

संविधानको धारा ११३ अनुसार पुनर्विचारपछि विधेयक फेरि पारित भएमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १४:४२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।