Logo

प्रमुख समाचार

विद्याको सदस्यताबारे ओली- विधान महाधिवेशन अनावश्यक कुरा गर्ने ठाउँ होइन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनसँग असम्बन्धित विषयलाई छलफलमा नतान्न आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रसंगलाई लक्षित गर्दै उनले त्यस्ता अनावश्यक कुरा केन्द्रीय कमिटी वा सचिवालयको बैठकमार्फत टुंग्याइने बताएका हुन् ।

ललितपुरको गोदावारीमा सुरु भएको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिहरूलाई भण्डारीसहितका प्रसंगमा बहस नगर्न आग्रह गर्दै भने, ‘यहाँ विधि–विधानसँग सम्बन्धित प्रश्नमा मात्र छलफल हुन्छ, अन्य विषय सचिवालय वा पदाधिकारी बैठकमा राख्न सकिन्छ।’

‘केही विषयहरू उठेका छन् । ती विषयहरू विधान महाधिवेशन विधि र विधानसँग सम्बन्धित छैनन्,’ ओलीले भने ।

त्यस्ता विषयहरूमा अन्य कमिटीमा छलफल गर्ने ओलीले बताए ।

विधान महाधिवेशनलाई विषय केन्द्रित भएर अगाडि बढ्ने ओलीले बताए । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीका दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १३:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।