काठमाडौं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकिएको हो ।
पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा सोधसाधका लागि विशेष अदालतले पेसीमा राखिएको हो ।
नेपालमाथि १८ करोड ५८ लाख रुपैयाँ बिगो देखाइएको छ । उद्योगका लागि छुट पाएको जग्गा कानुन विपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको आरोप छ । मुद्दा विशेष अदालतको इजलासमा सुनुवाइ हुँदैछ ।





















प्रतिक्रिया