काठमाडाैं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसले गम्भीर असन्तुष्टि जनाउँदै सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन समिति बैठकमा सहभागी नेताहरूले निर्णयको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताएका छन् ।
महामन्त्री गगन थापा, नेताहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाणलगायतले सामाजिक सञ्जाल नियन्त्रण नभई नियमन हुनुपर्ने धारणा राखेका थिए । कांग्रेसले यसबारे पार्टीको औपचारिक धारणा चाँडै सार्वजनिक गर्ने जनाएको छ ।




















प्रतिक्रिया