काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशन अन्तर्गत समूहगत नेताहरूले समूहगत छलफलको सुझावमा ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषय समेटेका छन् ।
कोशी, सुदूरपश्चिम र गैरभौगोलिक प्रदेशहरूबाट आएका सुझावमा यी विषयमा पक्ष–विपक्ष दुवै धारणा प्रस्तुत भएका छन् । सुदूरपश्चिमले भने उमेर र कार्यकाल सीमालाई उचित अभ्यासका रूपमा अघि सारेको छ ।
तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावबाहिरका कुराहरू अहिले संशोधन नहुने स्पष्ट पारेका छन् । उनले प्रस्ताव तर्कसहित ल्याइएको भन्दै हालका सुझावहरू तत्काल अघि नबढ्ने बताएका छन् ।




















प्रतिक्रिया